Friday, December 30, 2011

भबिन्द्र {मामा } लाई चिठ्ठि


                                                     --  प्रदिप "सरिक"
                                                          ज्यामरुक्कोट म्याग्दी 

 आदरणिय भबिन्द्र मामा 
  नमस्ते .......!!!

बिशेष त हजुरलाई मेरो हिर्दयदेखी आभार गर्न चाहन्छु र निकै हर्सित छू पनि तपाईंले जुन क्याम्पियन लाई तन मन लगाएर आगाडि लैजानु भैरहेको छ त्यो निस्चय नै एकदिन सफलता हासिल गर्ने छ । मलाइ यतिबेला ती हाम्रा बाल्यकाल का दिनहरूको स्मरण भैरहेको छ जहाँ म अबोध हुन्थे हजुर का हरेक चाख लाग्दा कामकुराहरुमा आज म आफैलाई पस्चाताप भैरहेको छ किनकी कतिपय ती उपयोगी कुरा हरू हजुर बाट सिक्न लाई अल्छी लागेको थियो तैपनि जति सिके आज मेरा जीवन का पाइला पाइला मा सुत्र बनिरहेका छन् जीवन को हिसाब गर्न लाई । म हजुर लाई यो ब्लग मा धन्यवाद नदिइकन बास्न सकिन आशा छ अबस्य स्वीकार्नु होला ।

 मामा जीवन पनि घडी को सुई हरूसंगै हिड्दो रैछ त्यसरी हिड्दै जादा हजुर सँग छुट्टिएको पनि झन्डै एक दसक भैसक्यो । बेला बेला मा छिट्फुट भेट्घाट बाहेक खासै बसेर हजुर सँग छलफल गर्न नपाए पनि आज हजुर को क्याम्पियन फेसबुक मार्फत भेटाउदा निकै खुशी लागेको छ। हजुर ले गरेको योगदान को कदर् अबस्य यो रास्ट्र अनी समाजले पक्कै गर्ने छ मामा तर हजुर ले जुन उदेस्य लिएर यसमा आफ्नो सम्पुर्ण जीवन होम्नु भएको छ तन मन लगाउनु भएको छ अझै लागिपर्नुहोस् भन्ने सुझाब दिन चाहन्छु । भौतिक शास्त्र का केही त्रुटीहरू र यसका समाधान को बारेमा पुस्तक पनि प्रकाशन भैसकेको रहेछ् मैले अझै पढ्न पाएको त छैन् तैपनि मलाइ पुर्ण विश्वाश छ हजुरले अबस्य यसमा ती भएका आनि दुनियाँले विश्वाश गरि दैनिक उपयोग गरिरहेका त्रुटी हरू को खण्डन गरि समाधान को बाटो पनि देखाउनु भएको होला र आशा छ त्यो पुस्तक निकट भबिस्यमै मेरो हातमा हुनेछ । हुन त म बिग्यान को बिधार्थी हैन न त यी सामर्थय का कुरा हरू नै बुझ्न सकुला तर भौतिक शास्त्र मा भएका त्रुटी भन्न बित्तिकै मेरा चर्मचक्षु ले केही बुझ्ने र जान्ने आशाय राखेका छन् र अर्को तर्फ फेरि मेरै बाल्सखी मेरै मामा भबिन्द्र ले यसको अनुसन्धान गर्नु भएको हुँदा म यसमा आजकल् निकै नै उत्सुक हुन पुगेको छू ।

हाम्रो रास्ट्र यतिबेला प्रसब पीडा मा छट्पटिएको छ, महामहिम नेता जी हरू सम्पत्ति कुम्ल्याउनु मै ब्यस्त छन् भने युबाहरू घरपरिवार पाल्न लाई रेमिट्यान्सको मोहमा पिल्सिएका छन् यस्तो बेला मा हजुर ले गरेका क्याम्पियन कतै अनलाइन सस्करण र फेसबुकका भित्तोहरुमा सिमित हुने त हैनन भनेर कहीले काहि म आफै पिरोलिन्छु । सायद् बिदेस तीर हुन्थ्यो भने कुनै संघ सस्थाले नै आबरण बनाएर अन्तरास्ट्रिय स्तरमै यस्को बहस हुनेथियो र सायद् व्याबहारिक भैसक्थ्यो तर बिडम्बना हामि यस्ता अबसर बाट बन्चित छौ । मैले देखेको छू कुनै बिद्यार्थी ले सोलार बाट कार चलाएको तर उसको खोज आज स्टोर मा थन्किएको, मैले देखेको छू तिनै नेपालि बिधार्थहरूले उडाएको "डाँफे" तर आज यस्को अबसेस सायद् पुस्तकालय मा जिर्ण होला त्यसैले नी मेरो मन् किन्चित डराइरहेको छ कतै मेरो मामा को मन पनि कतै बिचलित हुने त हैन ? तर मलाइ विश्वाश पनि छ मेरो मामा को कलम यति कमजोर पनि छैन् ।



अन्त्यमा मामा म फेरि पनि हजुर लाई निबेदन गर्न चाहन्छु यो क्याम्पियन लाई सम्पुर्ण नेपालिको क्याम्पियन बनाएर अन्तरास्ट्रिय स्तर मा पुर्याइ भौतिक शास्त्र मा भएका त्रुटी को व्याख्या गर्नै पार्छ जुन बिस्व लाई नै फाईदै फाईदा छ अझ जल्स्रोत को धनी भन्ने यो देश् नेपाल् लाई त कति हो कति फाईदा । कम्सेकम अहिलेको लोड्सेडिण्ग को मार जनताले खेप्न त पार्ने थिएन । मामा बाँकी कुरा हरू फेरि लेख्ने नै छू किनकी बत्ति जानै लाग्यो अहिले यतिमै सिमित नभए यो पोस्ट हजुर सम्म नपुग्ने छ ।

फेरि भेटौला मामा
नमस्ते

2 comments:

  1. तपाईंको चिठीले मलाई भावविभोर बनायो । ...

    ReplyDelete
  2. मामा ब्लग मा लेखहरू एख्दै जानु न

    ReplyDelete